लेटाङमा १८ दिन देखि बेपत्ता रहेकी लेटाङ २ स्कुल चोककी १३ बर्सिय अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्।
उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स रुपमा ह त्या गरेको अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि परिवार र स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। गाउँभर शोक र आक्रोशको माहोल छ। बालिकाको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय लेटाङका राकेश रेग्मीले बताए ।
अपराधी पत्ता लगाउन अनुसन्धान तीव्र गतिमा अघि बढाइएको प्रहरीले जनाएको छ।
स्थानीयले घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र कानुनी कारबाही गर्न माग गरेका छन्।


