सुनसरी | सुनसरीको बराहक्षेत्र -६ चक्रघट्टी मा भएको प्रथम चक्रघट्टी नकआउट फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेनहार्ट फुटबल एकेडेमीले हात पारेको छ। फाइनल खेलमा आयोजक चक्रघट्टीलाई २-० गोलको अन्तरले पराजित गर्दै एकेडेमीले उपाधि जित्न सफल भएको हो।

खेलको म्यान अफ द म्याच चिल्ड्रेनहार्ट एकेडेमीका सन्दिप श्रेष्ठ बने। उक्त टिमले नगद ५०,५५५ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उप-विजेता चक्रघट्टीले ३०,३३३ रुपैयाँ र ट्रफी प्राप्त गरेको र यसै प्रतियोगितामा विभिन्न खेलाडीहरूले व्यक्तिगत उपाधि हात पारेका छन्।

प्रतियोगिताबाट बेस्ट गोलकिपर बिवस चौधरी, बेस्ट डिफेन्डर: अनिस चौधरी, बेस्ट फर्वर्ड अभिषेक कालिकोटे, बेस्ट मिडफिल्डर धिरेन लिम्बू,प्लेयर अफ द टुर्नामेन्ट: राजकुमार राई, राइजिङ्ग प्लेयर: रिजन बस्नेत र सर्बाधिक गोलकर्ता: पुजन चौधरी (४ गोल) गरेका थिए ।IMG-20251025-WA0004

फाइनल खेलको अवसरमा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ उपस्थित थिए। यस अवसरमा स्थानीय खेल प्रेमी, शैक्षिक एवं बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।