इटहरी। धनकुटामा उत्पादिन धनकुटे नरिबल बिस्कुटले बजार लिएको छ । धनकुटाको बसपार्कमा कोशेलीका रुपमा विक्रीका लागि राखिएको धनकुटे नरिबल बिस्कुट र एभोकाडो सबैको रोजाइमा पर्ने गरेको छ । धनकुटामा उत्पादन हुने नरिवल विस्कुट कोसेलीको रुपमा धनकुटाको पहिचान हुन थालेको छ । जिल्ला बाहिर अन्य ठाउँँबाट आउने तथा धनकुटा आएर फर्किने जोकोही पाहुनाले पनि कोसेलीको रुपमा धनकुटाको नरिवल विस्कुट, एभोकाडो, किबी साथै अन्य फलफूल लैजाने गरेका छन् । नरिवल बिस्कुट विभिन्न प्रकारका प्रतिझोला ५० रुपियाँदेखी ८० रुपिायाँसम्म पर्दछ । जोकोही पनि धनकुटा आएर फर्कने बेला यहाँको नरिवल विस्कुट र सिजनअनुसार एभोकाडो लैजाने गरेका छन् । यस्तै, बसपार्कमा राखिएको एभोकाडो सिजन भएकाले यहाँ आउने जोकोहीले लैजाने गरेका छन् । प्रतिकेजी एकसय पचासदेखि दुई सयसम्म बिक्री हुनेगरेको छ । स्थानीय व्यापारीले गाउँदेखि ल्याएर एभोकाडो विक्री गर्ने गरेका छन् । विक्रीका लागि सजाएर धनकुटाको बसपार्कमा बिस्कुट, एभोकाडो, किबि साथै अन्य फलफूल राखिनेगरेका छन् ।


