भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा सन् २०७९ सालदेखि रोकिएको दैनिक बस सेवा पुनः सञ्चालनमा आएको छ।

बर्खायामको समयमा ट्याक्सी व्यवसायीहरूले भाडा दर लगातार बढाउँदै गएपछि स्थानीयवासीहरूको पहलमा बस सेवा पुनः सञ्चालनमा ल्याइएको हो।

स्थानीय बासिन्दाहरूको प्रयासमा भोजपुर–आहाले–कोट–गोगने हुँदै ओखरबोटे सम्म दैनिक बस सेवा सञ्चालनमा आएको छ।

बर्खाको समयमा सडक बिग्रिएर यातायात अवरुद्ध भएपछि स्थानीय अग्रजहरूले सामूहिक रूपमा सडक मर्मत तथा सुधार गरेपछि सेवा सुचारु गरिएको हो।

गाउँपालिकाले सडकको स्तरउन्नति गरी नियमित यातायात सेवा स्थायी रूपमा सञ्चालन गर्न काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो।IMG_20251026_075720 2

सवारीसाधन नहुँदा स्थानीयवासीहरू वर्षौँदेखि दैनिक आवतजावतमा कठिनाइ भोग्दै आएका थिए। अब बस सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ।

भोजपुरबाट गोगने हुँदै पान्धारे भएर खोटाङसम्म पनि आवतजावत गर्न सकिने भएको छ।