इटहरी । भोजपुरको हलेदेटारमा प्रथम पटक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यु ई वा युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता आइतबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले जिल्लाकै होचो भुभागमा आयोजित प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्नुका साथै अन्तर जिल्लाका खेलाडीहरु बीच सामिप्यता कायम राख्ने बताउनु भयो । हतुवागढी गाउँपालिका वडा नम्बर  ९ स्थित हलेदेटार खेलमैदानमा हुने उक्त प्रतियोगितामा आयोजक सहित २६ समुहको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन हुने क्लबका अध्यक्ष टेकनाथ राईले जानकारी दिनुभयो ।