इटहरी। इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमबाट झापा जाँदै गरेको बोलेरो मे १ ज ३१३७० र इलामबाट पाँचथरतर्फ जाँदै गरेको मोटरसाइकल ९प्र १–०१–०१६ प १३६७० एकआपसमा ठोक्किँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका ३६ वर्षीय लक्ष्मीप्रसाद मैनालीसहित १० जना घाइते हुनुभएको हो । इतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख ९एसपी० एकनारायण कोइरालाले जानकारी दिनुभयो । बोलेरो सडकबाट करिब १० मिटर तल खसेको छ ।