भोजपुर | सगरमाथा माध्यमिक विद्यालयको आयोजनामा र अरुण गाउँपालिका–७ सिक्रेटारको प्रायोजनमा कार्तिक १५ गते तय गरिएको “बृहत देउसी भैलो सांस्कृतिक कार्यक्रम–२०८२” प्रतिकूल मौसमका कारण स्थगित भएको छ। लगातारको वर्षा र हावाहुरीका कारण सुरक्षा जोखिम बढेपछि कार्यक्रमलाई कार्तिक २२ गते शनिबारका दिन सारिएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।
वडाध्यक्ष थापाका अनुसार तयारी पूरा भइसकेको भए पनि जिल्ला प्रशासन, गाउँपालिका र प्रहरी कार्यालयको सिफारिसका आधारमा मिति परिवर्तन गरिएको हो। राष्ट्रिय र स्थानीय कलाकारहरूको सुझावअनुसार पनि कार्यक्रम सारिएको बताइएको छ। अब सोही स्थानमा कार्तिक २२ गते कार्यक्रम भव्य रूपमा सम्पन्न गरिने जनाइएको छ।


