पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायक गाउँपालिकाले जितेको छ । विहिवार सम्पन्न फाईनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै उपाधी जितेको हो ।

१–० गोलको  झिनो अन्तरले कुम्मायकले उपाधी जितेको हो । दोश्रो हाफको अन्तिम समयमा सुदिप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।

विजेता टिमले १ लाख १ सय ७३ रुपैँया नगद र ट्रफि पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कुम्मायक गाउँ पालिकाका वेष्ट किपर रोचक लावती,वेष्ट डिफेन्स सुदिप लावती,वेष्ट मिडफिल्डर दिनेश सेर्मा,वेष्ट फरवार्ड शुशिल लावती र हिलिहाङ गाउँ पालिकाको सर्वाधिक गोलकर्ता नवराज माझी ,वेष्ट प्लेयर निरोज लिङदेन वनेका थिए सवै विधामा रु.२५०० का दरले पुरस्कार वितरण दिलाएका नेपाल तरुण दल पाँचथर जिल्ला कार्य समिति अध्यक्ष सुमन लामाले जानकारी दिए ।