इटहरी — रोयल नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको मिस्टर एण्ड मिस रोयल नेपाल २०८२ को भव्य ग्राण्ड फाइनल इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा देशभरका प्रतिस्पर्धीबीच भएको कडा प्रतिस्पर्धा, प्रतिभा, आत्मविश्वास र व्यक्तित्व मूल्यांकनपछि मिस्टर रोयल नेपाल 2082 का रूपमा परिवेश खड्का र मिस रोयल नेपाल 2082 का रूपमा अञ्जिला खड्का विजेता घोषित भएका छन्।
विजेताहरूलाई कार्यक्रमका मुख्य निर्णायक रूपमा मिस प्रेमा लामगादे, भने जुरी सदस्यहरूमा मिस आयुष्मा बराल, मिस सोनिया चाम्लिङ, अर्शु महर्जन र रोनक अग्रवाल रहेका थिए ।
यस वर्षका लागि देशभरिबाट छनोट गरिएका १६ जना उत्कृष्ट फाइनलिस्टले आफ्नो प्रतिभा र आत्मविश्वासको प्रस्तुति गर्दै उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले विजेताद्वयलाई बधाई दिँदै Royal Nepal Events युवालाई आत्मविश्वासी, सशक्त र नेतृत्वक्षम बनाउन प्रतिबद्ध रहेको बताएका थिए।
आयोजक संस्था रोयल नेपाल इभेन्ट्स युवा सशक्तिकरण, मानसिक स्वास्थ्य सचेतना, डिजिटल प्लेटफर्मको सही प्रयोग, व्यक्तित्व विकास र करिअर काउन्सेलिङका क्षेत्रमा सक्रिय संस्था हो।
रोयल नेपाल इभेन्ट्सका सिओ अग्रज श्रेष्ठका अनुसार, यो कार्यक्रमले प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूको व्यक्तित्व र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने छ।


