सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० मा सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट एक सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन्।
शिविर वडा कार्यालयको पहलमा तथा बराहक्षेत्र नगरपालिका कार्यपालिकाको सहकार्यमा आयोजना गरिएको हो।
वडा अध्यक्ष तेजबहादुर गुरुङका अनुसार आँखा जाँच गराउन आएका स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनका अनुसार स्थानीयको स्वास्थ्यप्रतिको चासो र सहभागिता उत्साहजनक रह्यो, धेरैले शिविरबाट प्रत्यक्ष लाभ पाए ।
उक्त आँखा शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहित सञ्चालन गरिएको थियो।
शिविरमा दृष्टि परीक्षण, मोतिबिन्दु पहिचान, आँखा सम्बन्धी परामर्श लगायतका सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।


