इटहरी । लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ तरहरा इटहरी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनल र लियो क्लब अफ इटहरी ग्रिन सिटीका नयाँ पदाधिकारीहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ । २०२५–२६ कार्यकालका लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा सान्ता कोइराला थापा, लायन्स क्लब अफ तरहरा इटहरीमा पवन अधिकारी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलमा किरण अधिकारी र लियो क्लब अफ इटहरी ग्रिन सिटीमा रिया गेलाल चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट गर्भनर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्स क्लबको मूल्य, मान्यता र सेवा भावलाई आत्मसाथ गर्दै समाज सेवामा समर्पित रहन निर्देशन दिनुभयो । नवनिर्वाचित अध्यक्षहरूले आफ्नो कार्यकालमा सामाजिक सेवा, सहयोग र जनहितका कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने चार जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । लायन्स क्लब अन्तर्राष्ट्रिय स्तरमा परिचित सामाजिक संस्था हो, जसले नेपालका विभिन्न स्थानमा सामाजिक, शैक्षिक, स्वास्थ्य र मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।


