सुनसरी | सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर बजारमा रहेकाे रामधुनी बचत तथा ऋण सहकारी संस्था को २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रतिवेदन सस्थाका अध्यक्ष गणेश कुमार पौडलले प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष ८१/८२ मा सस्थाको कुल आम्दानी ९ करोड २० लाख ८८ हजार ६ सय ८८ रुपैया ३८ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्थाको आ.व. २०८१/८२ मा कुल नाफा २ करोड ३ लाख ८० हजार २ सय १० रुपैया प्रतिवेदनमा रहेकाे पौडेलले उल्लेख गरेका छन ।
कार्यक्रमा विभिन्न विधामा उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गरिएको छ । जस अन्तरगत सेयर बिधा , बचत बिधा , रेमिटेन्स बिधा ,बाल बचत बिधा , मासिक बचत बिधा , उत्कृष्ट कर्मचारी बिधा , उधमि बिधा , दैनिक बचत बिधा , लगायतका अन्य विभिन्न विधामा जम्मा २ सय ५ जना उत्कृष्ट सेयर सदस्य हरु लाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
साधारण सभामा सस्थाका अध्यक्ष गणेश कुमार पौडल , सम्पुर्ण सन्चालक समितिका पद अधिकारी हरु , ब्यवस्थापन टिम सेयर सद्स्य लगाएत अन्य स्थानिय समाज सेवि , शैक्षिक एवम् बौद्दिक ब्यक्त्तिहरुको उल्लेखनीय उपस्थितीमा सस्थाका सचिब इन्द्रबहादुर दाहालले सन्चालन गर्नु भएको थियो ।
रामधुनी बचत तथा ऋण सहकारी संस्थाले बिगत लामो समय देखि सहकारी अवलोकन भ्रमण , छात्र बृत्ति , मृत्यु राहत कोष , स्वास्थ्या शिविर , सार्वजनिक स्थान मा डस्विन वितरण , वाटर फिल्टर वितरण , सहकारी शिक्षा , तालिम , गोष्ठि तथा अन्य सामाजिक कार्य गर्दै आएको र भाबि दिन मा यस्ता कार्य मा निरन्तरता दिदै जाने लक्ष्य लिएको भनि यस सहकारी सस्थाले जनाएको छ ।


