इटहरी/ सेवा बचत तथा ऋण सहकारी संस्था लि. इटहरी,सुनसरीको २५औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ शेयर सदस्य श्री कमला देवी काफ्ले रहनुभएको थियो। उहाँले सहकारीको निरन्तर प्रगति र पारदर्शी व्यवस्थापनका लागि शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

साधारणसभामा संस्थाको उन्नयनका लागि विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।

FB_IMG_1762531507536

सम्मानित व्यक्तिहरूमा—पूर्व सञ्चालक श्रीमती रेणुका श्रेष्ठ (के.सी), संस्थापक अध्यक्ष स्व. जंग बहादुर खड्काकी धर्मपत्नी तथा संस्थापक सल्लाहकार शेयर सदस्य श्रीमती दिल माया खड्का, उत्कृष्ट बचतकर्ता श्री भिम बहादुर कार्की, उत्कृष्ट ऋणी श्री नरेश प्रसाद गौतम, तथा SEE २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने शेयर सदस्य श्री मोदन कुमार पाण्डेका छोरा श्री रुमिन पाण्डे शामिल रहेका थिए।

कार्यक्रममा उपस्थित अतिथि, शेयर सदस्य तथा सरोकारवालाहरूले संस्थाको आर्थिक पारदर्शिता, सेवा विस्तार र आगामी वर्षको कार्ययोजनाबारे सुझाव एवं शुभकामना व्यक्त गरेका थिए।