इटहरी । इटहरीस्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित भएका छन् । शनिबार  संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईको अध्यक्षता कार्यक्रम संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको २८ औं वार्षिक साधारणसभाबाट राजु दंगाल को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। साधारणसभाले उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल (नवराज), कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई निर्वाचित भएका छन् भने सदस्यहरुमा नगेन्द्र अधिकारी र योगेन्द्र कुमार पोखरेल निर्वाचित भएका छन् ।

Screenshot_2025_1108_234354

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक राजु दंगालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल १,७१३ जना सेयर सदस्य रहेको संस्थामा ४९ करोड ९० लाख रुपैया निक्षेप र ४८ करोड ६४ लाख रुपैया ऋण लगानी रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १ करोड ४५ लाख १५ हजार २२५ रुपैया नाफा गरेको छ ।

कार्यक्रमका क्रममा सहकारीमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता बिन्दा कुमारी खत्री, उत्कृष्ट ऋणी विमला कार्की, साथै ज्येष्ठ सदस्य ८१ वर्षीय तारानाथ सिग्देल र ७५ वर्षीया गायत्रा घिमिरे छन् ।

नयाँ कार्यसमितिको पदस्थापन आइतबार हुने संस्थाका सचिव गणेश कुमार दुलालले जानकारी दिएका छन् ।