सुन्दरहरैचा। गछिया युवा समाजले आयोजना गर्न लागेको प्रथम गछिया गोल्डकप २०८२ को उद्घाटन मिति सार्वजनिक गरिएको छ। पाथीभरा देवीको मन्दिरबाट विशेष कार्यक्रमका बीच गोल्डकपको उद्घाटन मंसिर १५ गते, सोमबार हुने घोषणा गरिएको आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले बताए।
युवा खेलाडीको प्रतिभा विकास, स्थानीय खेलकुदको प्रवर्द्धन र समुदायमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यसहित गछिया युवा समाजले यस वर्ष पहिलोपटक गोल्डकप आयोजना गर्न लागेको क्लबका अध्यक्ष सरोज दाहालले बताए ।
प्रतियोगितामा स्थानीयदेखि बाहिरी जिल्लाका टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। विस्तृत खेल तालिका तथा कार्यक्रमबारे थप जानकारी चाँडै सार्वजनिक गरिने क्लबका सचिव निश्चल घिमिरेले बताए ।


