इटहरी | २४ गते इटहरीस्थित खुकुरी होटलमा यङ एनफिल्ड मोटरसाइकल क्लबको आयोजनामा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय, इटहरीको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा क्लबका सदस्यहरूले मोडिफाइड साइलेंसर प्रयोग नगर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए। साथै, अन्य चालकहरूलाई पनि ध्वनि प्रदूषण नियन्त्रणमा सहकार्य गर्न आग्रह गरिएको थियो।

प्रहरी निरीक्षक बिकास थपलियाले कानूनी प्रावधान, सवारी सुरक्षा र जिम्मेवार चालक संस्कारबारे जानकारी दिँदै क्लबको प्रयासको उच्च मूल्यांकन गर्नुभयो।

कार्यक्रमले स्थानीय स्तरमा ध्वनि प्रदूषण नियन्त्रण र जिम्मेवार चालक संस्कार विकास गर्ने सन्देश दिएको छ।