इटहरी । अर्थोडोन्टिक सम्बन्धि १६ औं अन्तर्राष्ट्रिय सम्मेलन धरान उपमहानगरपालिकामा शुरु भएको छ । अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल ९ओडान० र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आयोजनामा धरानमा भएको सम्मेलनमा १०१ जनाको सहभागि छ । जसमा ११ जना छिमेकी देश भारतको प्रतिनिधिहरु र ९० जना नेपालको प्रतिनिधिहरु  रहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एसोसिएट प्रोफेसर अर्थोडेन्टीस प्रभात रन्जन पोख्रेलले जानकारी दिनुभयो ।  सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञहरूले अर्थोडोन्टिक उपचार, क्लिनिकल अभ्यास, नयाँ उपकरण तथा प्रविधि, अनुसन्धान विधि तथा दन्त शल्यक्रिया विषयमा तालीम, कार्यशाला र शोधपत्र प्रस्तुत गरिरहनुभएको छ । विश्वका विभिन्न देशमा दन्त उपचारका क्षेत्रमा भइरहेको नवीनतम विकास, अनुभव तथा प्रविधि बारे ज्ञान लिन र साझा गर्न यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विपी प्रतिष्ठानको उपकुलपति प्रा।डा।विक्रम श्रेष्ठले बताउनुभयो । नमिलेका दाँत तथा संरचनामा समस्याका कारण धेरै मानिस प्रभावित हुने भएकाले नियमानुकूल शल्यक्रिया र उपचारका लागि सरकारी तहबाट जनचेतना र नीतिगत सहयोग आवश्यक रहेको बताउनुभयो । नमिलेका दाँतहरु तथा समस्या भएकालाई शल्यक्रिया गरेमा सहज हुने गरेकोमा यसको लागि सरकारी स्तरबाट जनचेतना आवश्यक रहेको छ  । यसको लागि राज्यबाट नीतिगत रुपमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।दन्त लगायतका विषयमा के कसरी कार्य स्याहार सुसार गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा प्रशिक्षण कार्यक्रम र नेपालमा खासगरी दन्त शास्त्रको विशेष महत्व रहेको कारण यस विषयमा सम्बन्धित निकायको समेत ध्यानाकर्षण गर्नको लागि समेत सम्मेलन फलदायी हुने उपकुलपति प्रा।डा।श्रेष्ठको भनाइ छ ।  सम्मेलनमा भारतका चिकित्सक प्रा।डा।अभिषेक घोस, प्रा।डा।अभिषेक गुप्ता र डा।अभिराम चेरुकुरीले मटेरियल प्रयोग कम गरी सरल तरिकाले दन्त समस्या समाधान गर्न सकिने विषयमा शोधपत्र प्रस्तुत गर्नुभएको थियो  । उहाँहरूका अनुसार विशेष परिस्थिति र आर्थिक अवस्थाका कारण पनि धेरै बिरामीहरू दन्त समस्याबाट प्रभावित हुने भएकाले सहज उपचार प्रणालीको विकास महत्वपूर्ण रहेको छ ।  नमिलेका दाँत भएका व्यक्तिहरूको उपचारमा अझ सहज तरिकाले मटेरियल प्रयोग नगरी बनाउन सकिने भनी भारतका चिकित्सकहरूले शोधपत्र प्रस्तुत गरेका थिए । कुनै पनि मानिस विशेष परिस्थितिको कारण उक्त समस्याबाट गुज्रिन बाध्य हुने भन्दै यस समस्याबाट सहज रुपमा कसरी गर्न सकिन्छ भन्ने नै यसको मूल विषय रहेको प्रोफेसर अर्थोडेन्टीस पोख्रेलले बताउनुहुन्छ ।  यस सम्मेलनले दन्त उपचारका क्षेत्रमा विश्वका विभिन्न देशले गरेका विकास तथा अनुभवलाई जानकारी लिन तथा साटासाट गर्न सहयोग पुग्ने उहाँले बताउनभयो । यो कार्यक्रम धरानमा पहिलो पटक भएको हो। सोही सम्मेलनमा प्रो।डा।रविन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । दुईदिने सम्मेलन अन्तर्गत शुक्रबार कार्यशाला गोष्ठी सम्पन्न भएको छ भने शनिबार ११ वटा शोधपत्र प्रस्तुति हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  जसमा नेपालका स्नातकोत्तर गरेका अर्थोडेन्टिस चिकित्सकहरूले समेत आफनो शोधपत्र प्रस्तुत गर्ने छन । सम्मेलनमा नेपाल–भारतका प्रमुख प्रतिनिधिहरू, प्रोफेसरहरू तथा स्नातकोत्तर चिकित्सकहरूको सहभागिता रहेको थियो ।