इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका –१० कामना चौक मा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभा कार्यक्रम को प्रतिवेदन संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो । यस बर्ष संस्थाले ४९ लाख ५४ हजार ४ सय ३७ दशमलव १६ खुद मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । हाल यस सहकारी मा २ हजार १ सय २४ जना सेयर सदस्य हरु रहेका छन् । संस्थाको १६ औं वार्षिक साधारणसभा मा विभिन्न विधामा उत्कृष्ट हुने सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा सभापतिको रूपमा पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो । अतिथिको रुपमा स्थानिय प्रहरीचौकी इन्चार्ज , पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितीका पदाधिकारिहरु , लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, शिक्षा उपसमितिका पदाधिकारी ,सल्लाहकार समितिका पदाधिकारि , ऋण उपसमितिका पदाधिकारि , कर्मचारी , स्थानीय समाजसेवि , पत्रकार, शैक्षिक एवं बौद्धिक ब्यक्तीहरुको बाक्लो उपस्थितिमा यस संस्थाका सचिब रुपनारायण दाहालले औपचारिक रूपमा कार्यक्रम संचालन गर्नु भएको थियो । यस संस्थाको १६ औं वर्षिक साधारण सभामा सम्मानित र पुरस्कृत हुने सम्पुर्ण सेयर सदस्य र अतिथि गण , सुभचिन्तकहरु प्रती पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिले धन्यवाद ज्ञापन समेत प्रदान गरेका थिए । पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाले बिगत लामो समय देखि सहकारी अवलोकन भ्रमण , छात्र बृत्ति , मृत्यु राहत कोष , राहात बितरण ,रक्तदान , स्वास्थ्य शिविर , सार्वजनिक स्थान मा डस्विन वितरण , सहकारी शिक्षा , तालिम , गोष्ठि तथा अन्य सामाजिक कार्य गर्दै आएको र भाबि दिन मा यस्ता सामाजिक कार्य मा निरन्तरता दिदै जाने लक्ष्य लिएको भनि संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकिले बताउनु भयो ।

