चक्रघट्टी । चक्रघट्टी जेसीज वर्ष २०२५ले आयोजना गरेको ‘जेसीज सप्ताह–२०२५’ अन्तरगत दोस्रो कार्यक्रम ‘चौथो बराहक्षेत्र रन–२०८२’ आईतबार विजयी घोषणा गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ सुर्यराज राई र महिलातर्फ सपना खत्वे पहिलो स्थान हासिल गर्दै विजेता बनेका छन्।
कार्यक्रमको सभापतित्व चक्रघट्टी जेसीज वर्ष २०२५का अध्यक्ष जेसि सुरज घिमिरेले गर्नुभएको थियो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगर प्रमुख रमेश कार्की रहनुभएको थियो।
अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष राजदिप लामा तामाङ, प्रत्येक वर्षझैं यसपटक पनि प्रमुख निर्णायकको भूमिका निर्वाह गरेका वडा नं. ४ का अध्यक्ष तथा राष्ट्रिय धावक आशाराम चौधरी, मानार्थ सदस्य तथा वडा नं. ८ का अध्यक्ष रोशन खड्का, वडा नं. ३ का पूर्व अध्यक्ष रुद्रबहादुर दाहाल, पब्लिक क्याम्पस प्राध्यापक संघ तथा सप्तकोशी बहुमुखी क्याम्पसका सभापति केशब पुरी, जेसीजका पूर्व अध्यक्ष देब कुमार चौधरी, प्रहरी सहायक निरीक्षक शिवकुमार खड्का, ग्रामीण पत्रकार समूहका उपाध्यक्ष अर्जुन श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा निर्णायकका रूपमा बुध नारायण चौधरी, कुमार घिमिरे, आदर्श क्याम्पस चतराका प्राध्यापक परशुराम चौधरीलगायतको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निभाउने सबै अतिथि, सहभागी, निर्णायक तथा सहयोगी समाजसेवीहरूलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष जेसि सुरज घिमिरेले आगामी वर्षहरूमा अझ उत्साहजनक रूपमा कार्यक्रम निरन्तरता दिने बताउनुभयो।
रन सुनसरी पुलबाट सुरु भएको थियो। प्रतियोगितामा पुरुषतर्फ २४ जना र महिलातर्फ १५ जना धावकले सहभागिता जनाएका थिए।
परिणाम विवरण
पुरुषतर्फ
प्रथम: सुर्यराज राई — १९.१६
द्वितीय: बिजय खनाल — १९.५४ (बराह–रन टिम)
तृतीय: सुर्य तामाङ — २०.२७ (बराह–रन टिम)
सान्त्वना: प्रदिप बिश्वकर्म — २१.३२
महिलातर्फ
प्रथम: सपना खत्वे — २५.५८ (बराह–रन टिम)
द्वितीय: कल्पना राई — २६.२८
तृतीय: करुणा खत्वे — २६.५२ (बराह–रन टिम)
सान्त्वना: लक्ष्मी राई — २७.१७ (बराह–रन टिम)

