✍️विश्व प्रकाश शर्मा

नेपाली कांग्रेस युवा नेता


हो, म नेपाली कांग्रेसको झोले हुँ,

गणेशमानको कठोर त्याग

बीपीको उज्यालो लोकतन्त्र

किसनजीको निर्भीक वाणी

सुवर्णको साहस

गिरिजाबाबुको दृढता

र सुशीलको सरल, स्वच्छ आत्मालाई

धड्कनजस्तै साथ लिएर अघि बढेको।


म मात्रै कार्यकर्ता होइन

म कालो कांग्रेसी हुँ।

सेतालाई कालो भन्दिन, कालोलाई सेतो भन्दिन,

सत्यलाई सत्य, गलतलाई गलत भन्न सक्ने हिम्मत बोकेको।

कसैको चाकडी गरेर पद खोज्दिन,

स्वार्थका लागि झुकेर राजनीति गर्दिन।

मेरो झोला विचारको हो,

मेरो काँध निष्ठाको हो,

र मेरो बाटो सिद्धान्तको हो।

पार्टीका गल्तीहरू देख्छु,

गुटबन्दी, अवसरवाद,

सजावट मात्रै बनेका भाषणहरू सुन्छु—

तर म भाग्दिनँ।


किनकि म रूपान्तरण चाहन्छु,

म सुधारको बाटो समाउन चाहन्छु,

र म कांग्रेसलाई फेरि जनताको ढुकढुकी बनिरहेको देख्न चाहन्छु।

आउँदैछ नयाँ नेतृत्व

युवा उमंग, निष्ठा, इमान र व्यावहारिक देश-दृष्टिले भरिएको पुस्ता।

म तिनै युवा पुस्तासँग

सिद्धान्तसँगै पदयात्रा गर्न चाहन्छु।


इतिहासलाई सम्मान गर्दै,

भोलिको नेपाल निर्माण गर्दै,

निष्ठा र जिम्मेवारी बोकेर अघि बढ्न चाहन्छु।

हो! म नेपाली कांग्रेसको झोले हुँ—

तर यो झोला कपडाको होइन,

यो हो बलिदानको कथा,

लोकतन्त्रको निरन्तरता,

देशप्रतिको अटुट प्रतिवद्धता।

रुपान्तरणीत कांग्रेसको झोला बोकेर

सपना, इमान र संघर्षको बाटो समाएर

देश निर्माणको यात्रामा

म सधैं अघि बढिरहने छु।

"हो! म साच्चै नेपाली कांग्रेसको झोले हूँ"