सुनसरी । चक्रघट्टी जेसिजको आयोजनामा डा. योगी विकासानन्दज्यूबाट शारीरिक, मानसिक तथा अध्यात्मसम्बन्धी एक दिवसीय जागरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बराहक्षेत्र–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिका नगरप्रमुख तथा पूर्व अध्यक्ष रमेश कार्की प्रमुख अथिका रूपमा उपस्थित रहेका थिए । त्यसैगरी उप–प्रमुख नन्दकुमारी सुनुवार बिशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा डा. योगी विकासानन्दले स्वास्थ्य, मानसिक स्थिरता, योग, ध्यान तथा सकारात्मक उर्जा विकासका विषयमा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई विकाशानन्द फाउण्डेशन विश्व परिवार, बराहक्षेत्र उद्योग वाणिज्य संघले सह–आयोजक रहेको थियो भने चक्रघट्टी जेसीआईले गरेका थिए भने बराहक्षेत्र नगरपालिका कार्यक्रमका संरक्षकका रूपमा रहेको थियो ।
कार्यक्रममा सामाजिक, धार्मिक तथा सामुदायिक क्षेत्रमा सक्रिय व्यक्तित्व तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।


