इटहरी। ताप्लेजुङमा एक युवा समाजसेवीले विद्यार्थीलाई न्यानो कपडा ९स्विटर० र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । जिल्लास्थित नियान्स कन्स्ट्रक्सन प्रालिका सञ्चालक निसान लिम्बू ९कुमार० ले आइतबार विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । युवा समाजसेवी तथा व्यवसायी लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३, तिरिङ्गेस्थित अरनिको आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीलाई न्यानो स्विटर र शैक्षिक सामग्री वितरण गरेको लिम्बूले बताउनुभयो । उहाँकाअनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर र कापीकलम वितरण गरिएको छ । विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यले न्यानो कपडा ९स्विटर० र शैक्षिक सामग्री वितरण गरेको उहाँको भनाइ छ । यता समाजसेवी लिम्बूले वितरण गर्नुभएको स्विटर र शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत मिलेको विद्यालयकी प्रधानाध्यापक बेनुका इजम लिम्बूले बताउनुभयो । अहिलेको जाडो मौसममा न्यानो स्विटर पाएपछि विद्यार्थी पनि हर्षित भएका छन् । विद्यालयको तर्फबाट भने सहयोगको कदर गर्दै समाजसेवी लिम्बूलाई प्रसंसापत्रद्वारा सम्मान गरिएको प्रधानाध्यापक इजम लिम्बूले बताउनुभयो ।