दुहबी /   दुहबी नगरपालीका वडा  नम्बर ६ मा  सन्चालित  एसियन र युनाइटेड  छाला उध्योग  मा आज अनुगमन गरिएको छ्।  जिल्ला प्रशासन कार्यलय  इनरुवा का साहायक  सिडियो लोकनाथ श्रेष्ठ,   दुहबी नगर प्रमुख वेद नारायण गच्छादार,  उपमेयर मेनुका खतीवडा,  वडा अध्यक्ष घन्श्याम हलुवाइ,  मुस्तकिम रैन, प्रदेश सरकार बन तथा बातावरण मन्त्रालयका कृष बस्नेत,   घरेलु तथा साना उद्योगका राजन पाण्डे,    इलाका प्रहरी दुहबी,  शसस्त्र प्रहरी दुहबीका प्रमुख, एसियन र युनाइटेड छाला उद्योगका संचालक र   आन्दोलित समुह को संयुक्त अनुगमन भएको थियो।     

केही दिन अगाडि  उक्त उद्योगहरुले अत्याधिक दुर्घन्ध प्रदुषण गरेको भन्दै स्थानियले उद्योगमा अनिस्चितकालिन तालाबन्दी गरेको थियो। तालाबन्दी पछि उद्योगी र बन्दकर्ता समुह सहित सिडियो कार्यलयमा छलफल बसेका थिए। छलफल बिना निस्कर्ष  ठुन्किने छाट पछि प्रमुख जिल्ला अधिकारीले  स्थलगत अनुगमन गरी बास्तबिक समस्या बुझ्ने र समाधान खोज्ने आश्वसन दिए पछि आज  उध्योगको सामुहिक अनुगमन गरिएको थियो।  

अनुगमनमा उद्योगको वाटर टृटमेन्ट प्लाण्ट,   मेशिन,  पानीको निकास,  दुर्गन्ध फैलाउने कच्चा पदार्थ र तयारी माल भन्डारण  लगायत  मा मिहिन चेकजाँच गरिएको छ।     बन्तकर्ता हरुले स्थानिय बासिन्दाहरु दुर्गन्धले  गर्दा स्थानान्तरण हुनु पर्ने बाध्यता भएकोले  उद्योग नै स्थानान्तरण गरी अन्यत्र लैजान अनुगमन का साहायक सिडियो सग माग गरेका थिए। सोहि समयमा   सहायक सिडियो श्रेष्ठले   आन्दोलित समुहलाइ  आफुले सबै समस्या हेरी सकेको र  यसबारे  प्रमुख जिल्ला अधिकारीलाइ जानकारी गराउने र उहाले नै समाधानको बाटो खोज्ने उत्तर दिए।    

 उद्योगीहरुले   सरकारले  तोकेको मापदन्ड पुरा गरेको र स्थानियलाइ परेको असुबिधालाइ ध्यानमा राखी प्रदुषण नियन्त्रण गर्दै लैजाने तर उद्योग चल्न दिनु पर्ने माग राखेका थिए। 

सोहि समयमा  उध्योगमा काम गर्ने मजदुर समुहले नाराबाजि गर्दै  आन्दोलनकारी समुहले  आफुहरुलाइ बेरोजगार बनाएको,  झुट भ्रमित रिपोर्ट दिएर उद्योग बन्द गर्न लगाएको जस्ता प्रश्न उठाए पछि  दुबै समुह बिच  भनाभन  र हात पातकै स्थिति शृजना भएको थियो।  आन्दोलन रत समुहले उध्योग कुनै हालतमा नखोल्ने अडान लिए पछि मजदुर समुहले होहल्ला र नाराबाजि गर्दै  उद्योगको गेटमा लगाएको ताला खोलेर  उद्योग खुल्ला गरेका छन्।   झडपलाइ नियन्त्रणमा लिन प्रहरीलाइ हम्मे हम्मे परेको थियो।   अहिले पनी उद्योगमा झडप नहोस भनेर  प्रहरी परिचाइत छन्।    छाला उद्योगमा बिगत लामो समय देखि  दुर्गन्ध  रोक्न र उद्योग बन्द गर्न   आन्दोलन हुदै आएको थियो।   आइ इ इ रिपोर्टमा उल्लेख भए अनुसारको काम उद्योगले   मापदन्ड पुरा गरे  यो समस्या सधैका लागी समाधान हुन सक्ने देखिन्छ।