इटहरी । सुनसरीको वराहक्षेत्रबाट अवैद्य लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भारतीय नम्बर बिआर ११ बीएफ ०१८९नम्बरको मोटरसाईकलमा धरान तर्फबाट अवैद्य आउदै गरेका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ का लालदेव रजकलाई प्रहरीले साडे ४१ किलो ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । गएरातीको सुनसरीको वराहाक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा लागु औषध ओसार पसार भईरहेको विशेष सुचनाका आधारमा अस्थायी प्रहरी चौकी नडाहाले गाँजा र मोटरसाईकल सहित रजकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । पक्राउ परेका रजकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

