सुनसरी | बराहक्षेत्र नगरपालिकामा चक्रघट्टि जेसिज सप्ताह २०२५ अन्तर्गत आयोजना एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि आयोजक चक्रघट्टि जेसिजले हात पारेको छ। ग्रामिण पत्रकार समूह उपविजेता बनेको छ।

स्वास्थ्यको लागि खेलकुद र मनोरञ्जनात्मक गतिविधि प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यसरी खेल सहभागी, विजेता र उपविजेता टोलीलाई बधाई छ र विभिन्न क्षेत्रका व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै जेसिज सप्ताह अन्तर्गत फुटबल जेसिज तर्फबाट २०२५ का अध्यक्ष सुरज घिमिरेले बताउनुभयो।IMG-20251121-WA0055