रेडियोकर्मी दिपेन्द्र खनिया जि को मृत्यु पछि आत्महत्या को चर्चा देखे, केहि दिन अघि नितु बैनीले आगो लगाईन आफैलाई, कसैको आत्महत्या हुन्छ अनी पटक पटक किन गरीन्छ आत्महत्या ? भन्ने प्रश्न तेर्सिन्छ, हिजो राती निकै खुल्दुली भयो र एक जना साथी संग सोधे पनि " किन रहेछ है? केहि सुसाईड नोट, लेटर हरु? " थाहा भएन भन्ने उत्तर थियो । आफैलाई मार्नुको कारणहरु बुझ्छु र अवाक् हुन्छु । माँया सहानुभूति को ओइरो ! बाफरे! !  

त्यहि सहानुभूति बाचेको बेलामा सास फेर्न गार्हो हुदाँ साथ देओ समाज, संसार ।

मान्छे जिउदो हुदाँ बाच्न गार्हो हुदाँ साथ नदिने, संकटमा परेको जानकारी भएछि नजिक मा साथीहरु आफन्त टाढिने समाज छ हामी संग, अर्काको दुख सुनिदिने हृदय  र आँसु देखिदिने नजर छैन ।

छन गेडी सबै मेरी...  भन्ने उखान अझ नि चल्छ यहाँ । 

सुखी र सभ्रान्त परीवारको देखे सब नजिक हुने, वाह! वाहि गर्ने र अप्ठेरो मा परेको मानिस देखि टाढिन्छन यहाँ । दुखको थोरै मात्र रापले भेटे तर्किन्छन चिनजान हरु, बाटो मोड्छन आफन्तहरु ।

कयौँ आत्महत्या आर्थीक संकट को कारण पनि देखिन्छन, अनावश्यक यातना झन्झट थेग्न नसकेर मृत्यु रोजेको देखिन्छ, कैयौ अकारण देखिन्छ, आत्महत्या गर्ने लाई कायर भनेको पनि सुनेको छु, मलाई लाग्छ कायरले त यो आफैलाई मार्न सक्दै सक्दैनन । 

खैर! ! मर्ने मरेर जान्छन, देखावटी हासो देखाउदै आँसु लुकाएर सायद संघर्ष पिडा थेग्न नसकेर बरु ज्युदो हुदै नजिकका मान्छेहरुको पिडा सुनौ, ब्यक्त गर्न नसकेका अब्यक्त पिडाहरु सुनाउन खोजेको छ भने सुनिदिनुस, सकेको सहयोग गरौ, एक्लोपन को अनुभुत मा साथ दिनुस, कतै तपाईं को सुन्दर प्रेमील बोलीले कसैको मृत्यु रोकिन सक्छ, कोहि छ , मेरो भन्ने भावले जिवन बच्न सक्छ तसर्थ प्रेम स्नेह, हुदाँ खाने रमाइलो मात्र होइन पिडा र बैराग्य पनि बाडौ, मृत्यु रोकौ ????

लेखक : मिना श्रेष्ठ

 कोशी प्रदेश सांसद