इटहरी । सुनसरीको इनरुवामा रक्तदानबाट १२४ पिन्ट रगत संकलन भएको छ । भोटेकोशी नदिमा आएको बाढीबाट बिरामी भएकाहरूका लागि इनरुवा नगरपालिका–४ बस चोकमा आयोजित रक्तदान कार्यक्रममा १२४ पिन्ट रगत संकलन भएको आयोजक समितिका सुनोज निरौलाले जानकारी दिनुभयो ।
रेडक्रस सोसाईटी सुनसरीकाअनुसार सामाजिक क्षेत्रमा काम गर्दे आएका विभिन्न संघ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकारलगायतले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीस्थित धरान ब्लड बैंक घोपा क्याम्पका प्राविधिक सह–इन्चार्ज सुरेन्द्र प्रसाद साहका अनुसार भोटेकोशी बाढीपीडित बिरामीका लागि रगत संकलन गरिएको हो ।


