सुनसरी/ मोरङको बुढीगङ्गा गाउँपालिका र सुनसरीको दुहबी नगरपालिकालाई जोड्ने सिमानामा पर्ने पुलछेउ बाट एस्काभेटर लगाएर खोलाको सामग्री निकाल्ने कार्य तीव्र बनाइएको छ। विभिन्न क्षेत्रबाट विरोधका आवाज उठिरहे पनि प्रशासन र स्थानीय सरकारको मिलेमतोमा मापदण्डविपरीत खोलाखनी जारी रहेको स्थानीयले आरोप लगाएका छन्।

सुरक्षाको उच्च जोखिम रहेको संवेदनशील स्थान—पुलको छेउमै—खोलाखनी भइरहेको हुँदा तत्काल रोक लगाउन माग गरिँदै आएको छ। तर गुनासो र विरोधलाई बेवास्ता गर्दै उत्खनन निरन्तर चलिरहनुले सरकारी निकायमै कमजोरी र अनियमितता रहेको संकेत मिलेका स्थानीयवासीको भनाइ छ।