भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता मंसिर १८ देखि २० गतेसम्म चल्ने भएको आयोजकले जनाएको छ। प्रतियोगिता शारदा माध्यमिक विद्यालय, प्याउलीको खेलमैदानमा हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताको टिम दर्ता निःशुल्क राखिएको छ। खेललाई ‘मञ्जुश्री अनलाइन’ मार्फत प्रत्यक्ष प्रसारण (Live On) गरिएको छ।
पुरस्कार राशी प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु. २ लाख ६६ हजार ६ सय ६६ द्वितीय पुरस्कार र २ लाख ,तृतीय पुरस्कार रु. १ लाख र सान्त्वना पुरस्कार रु. ३३ हजार ३ सय ३१ साथै व्यक्तिगत विधाका नगद पुरस्कारहरू पनि प्रदान गरिने आयोजक संस्थाका तुलसी ढकालले जानकारी दिनुभयो ।
गाउँपालिकामा खेलकुद विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि र खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताले अन्तरपालिका मैत्री सम्बन्ध, खेलकुदको प्रवर्द्धन तथा स्थानीय प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेको बताउनुभयो ।
सम्पर्कका लागि मोहन सिंह साउत र तुलसी ढकाललाई सम्पर्क नम्बर पोस्टरमा उल्लेख गरिएको छ। पोस्टरमा उल्लेख भएअनुसार, पुरस्कार राशीमा २५% कर कट्टी गरिनेछ ।

