इटहरी | सामाजिक कार्यमा सक्रिय रहेको इटहरी लेडि जेसिसको २४ औँ वार्षिकउत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ।
नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा, लाइन्स क्लब अफ इटहरी एक्टिभ, इटहरी मेडिकल हल तथा विराट टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा इटहरी चोक नजिकै गरिएको रक्तदान कार्यक्रमबाट कुल ३८ पिन्ट रगत संकलन भएको छ ।
इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालका अनुसार सामाजिक तथा पुन्यका कार्यमा योगदान पुर्याउने उद्देश्यले वार्षिकोत्सवकै अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराईले रगतदानले अरूको जीवन मात्र होइन, समाजको मानवीय सेवाभावलाई पनि सुदृढ बनाउने बताउनुभयो। २४औँ वार्षिकोत्सव भने भोलि बिहीबार जेसिस कार्यालयमै विशेष कार्यक्रमसहित मनाइने इटहरी लेडी जेसिसले जनाएको छ।
रक्तदान कार्यक्रमको संयोजन इटहरी लेडी जेसिसकी उपाध्यक्ष तारा लुइँटेलले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय युवादेखि विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।

