काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे(नजी युवाहरूलाई कुटपिट गरेका छन्। धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन(जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् । बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन(जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढी उपमहानगरपालिका(४ की जेन(जी नेतृ सरिता जोशीको हातमा चोट लागेको छ। जोशीलाई निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा गोपाल बोहरा लगायत युवा पनि सामान्य घाइते भएका छन् । जेन(जीहरूले प्रहरीले आफ्नो सुरक्षा नगरेको गुनासो गरेका छन् । युवा संघका कार्यकर्ताहरूलाई आफूहरूमाथि आक्रमण गर्न प्रहरीले छाडिदिएको उनीहरूको गुनासो छ। महेश बस्नेत र एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ धनगढीमा उत्रिँदा सम्भावित झडप हुन नदिन होटल डिभोटी र कभर्डहल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए।