इटहरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनीकम नेपाल) सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमका सभापति युनीकम नेपाल सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दंगाल रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका थिए।

त्यसैगरी विशेष अतिथि तथा कोशी प्रदेश सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख दीपकराज भट्ट, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, युनिकम नेपाल मोरङ–सुनसरी–झापा नगर इन्चार्ज तिलक खड्का, धरान नगर अध्यक्ष सुरज चौधरी, युनिकम नेपाल मोरङ जिल्ला उपाध्यक्ष श्याम कर्ण अतिथि रहनुभएको थियो।

कार्यक्रममा धरान, इटहरी, विराटनगर, इनरुवाका युनिकम सदस्यहरू, युनिकम नेपाल केन्द्रीय समितिका पदाधिकारी, विविध संघ–संस्थाका प्रतिनिधि तथा विभिन्न व्यवसायमा आबद्ध कर्मचारीहरू सहभागी रहेका थिए।
UNI NIC का अध्यक्ष शंकर लामिछाने रUNI-APRO Care का डाइरेक्टर तिलक जंग खड्का प्रशिक्षण गर्नुभएको कार्यक्रममा “श्रमको सम्मान गरौँ, मजबुत औद्योगिक सम्बन्ध निर्माणमा प्रतिबद्धता” भन्ने मूल संदेशसहित व्यापार, व्यवसाय तथा औद्योगिक क्षेत्रका सबै कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन युनीकम नेपालका सञ्चार संयोजक केशव भट्टराईले गर्नुभयो।

