इटहरी । सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्धा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट आन्दोलन सुरु गरेको हो । सदरमुकाम इनरुवादेखी सीमावर्ती कप्तानगञ्जसम्मको करिव २४ किलोमिटर सडक इनरुवा–कौवाखोच सडक तत्काल निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको नागरिक अगुवा दिलिपचन्द साहुले जानकारी दिनुभयो । साहका अनुसार इनरुवा–कौवाखोच सडक निर्माण सर्घष समिति गठन भेला सहित आन्दोलन सुरु गरेको हो । पूर्व संघीय प्रतिनिधि सभा सदस्य असोक चौधरी सहित स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाज र राजनीतक दलका नेताहरुको उपस्थितीमा सडक निर्माण गर्न दबाब दिन सडक आन्दोलन थालेको कार्यक्रम संयोजक धनिकलाल खत्वेले जानकारी दिनुभयो ।
खत्वेका अनुसार २०५१ सालदेखि पाँच वटा संघीय निर्वाचन, दुई वटा प्रदेश र चार वटा स्थानीय निर्वाचनमा पटक पटक आश्वना दिदै नेताहरु जित्ने तर काम नगर्ने प्रवृतिले आचित भएपछि आन्दोलन सुरु गर्नुपरेको हो । तीन वर्ष अघि ठेक्का भएर पनि काम भएकाले जिर्ण इनरुवा–कौवाखोच सडक खण्ड निर्माण अलपत्र परेको छ । यही सवालमा इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको जनाएको छ । समयमा सरकारले बजेट निकासा नदिएकाले केही ठाउँमा ड्रेम मात्रै निर्माण भएको र बाकी काम नभएको साईड हेर्ने पेटिदार आबास मियाँले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले संघीय सरकारको काम भएकाले थाहा नभएको भन्दै पन्छिदै आएको छ ।
आन्दोलनका क्रममा सोमबार गरेको भेलामा सहभागी एयुव अंसारीले निर्माण कम्पनीले अहिलेसम्म यस सडक खण्डमा पर्ने केही कल्भर्ट र पुल निर्माणको काम गरेको भएपनि ५ महिनायता काम नभएको गुनासो गर्नुभयो । कम्पनीले पहिलो चरणमा कल्भर्ट र पुल निर्माणको काम थालेको भएपछि अधुरो रहेको छ । सदरमुकाम इनरुवा देखि देवाागञ्ज गाउँपालिका ४ कप्तानगञ्जसम्मको लिंक रोडको काम गौरी पार्वती(देव एण्ड सायर(भूमिले संयुक्त रुपमा ५७ करोड ३१ लाख रुपियाँको लागतमा सडक खण्डको काम २०८१ साउनसम्म गरिसक्नुपर्ने भनेको थियो । तर सो सडक निर्माणको लागि २०७८ माघ २ गते सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय पछि अर्थात दुई वर्षपछि मात्रै निर्माणको काम थालेको भएपनि काम सम्पन्न गर्न सकेको छैन ।


