इटहरी । सुन्दर हरैचा गछिया युवा समाजको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज गछिया युवा समाज र लिनेण्ड फुटबल क्लब भारत बीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता टोलीलाई दुई लाख एक हजार, उपविजेतालाई एक लाख एक हजार, ‘म्यान अफ द सिरिज’लाई पच्चिस हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही एघार पुरस्कार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई पाँच हजार एक सय प्रदान गरिने छ । साथै, खेलको अवधीमाअ सुन्दरहरैचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ जना नागरिकलाई व्हिलचेयर प्रदान गरिने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले बताउनु भयो । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुने छ र आयोजकले यसमा कुल २५ लाख खर्च हुने अनुमान गरिएको गछिया युवा समाज अध्यक्ष सरोज दाहालले बताउनुभयो । साथै खेल हेर्न उपस्थिति हुनका लागि पनि अध्यक्ष दाहालले सबैमा आहवान गर्नु भएको छ ।



