भोजपुर | भोजपुरको हतुवागांढी गाउँपालिका–५ होमताङमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालक र स्वास्थ्य शाखा प्रमुख गम्भीर घाइते भएका छन्।

दुर्घटनामा एम्बुलेन्स चालक सञ्जीव राई (अन्दाजी २६) र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई (अन्दाजी ५०) गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय घोडेटारले जानकारी दिएको छ।

हतुवागढी गाउँपालिकाको प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको एम्बुलेन्स बिरामीलाई होमताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा आज बिहान करिब ९:४५ बजे दुर्घटनामा परेको प्रहरीको भनाइ छ।घाइते दुवैजनालाई उद्धार गरी उपचारका लागि पठाइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।