इटहरी । प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो । साहको साथबाट प्रहरीले ६ लाख ४९ हजार पाँच सय रुपियाँ नेपाली नोट बरामद गरेको छ । को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला परेपछि पक्राउ गरेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।


