इटहरी। झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ । बिहीवार राति ८ः ३५ बजेको समयमा साहुको २ तले घरको तल्लो तलामा रहेको हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगालागी भएको थियो । २ वटा सर्टर जलेर पूर्णतः ध्वस्त भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आगलागी इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपलिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल स्थानीयवासी लगायातको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट पसलभित्र रहेको सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट लगायातको सामग्रीहरु जलेर करिब ९० लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।