इटहरी । नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ । सो पार्टीले आउँदो मङ्सिर २५ गते जिल्लास्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले सदरमुकामस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एकता सन्देश सभाबारे जानकारी गराएको हो । केन्द्रीय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागेको नेकपाले जनाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू र एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रामचन्द्र पोमुद्वारा हस्ताक्षरित ‘प्रेस नोट’अनुसार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेल, कोशी प्रदेशका पूर्व मु्ख्यमन्त्री राजेन्द्रकुमार राई, हर्क नेम्बाङ ९मिक्सो० लगायतको उपस्थितिमा एकता सन्देश सभा गर्न लागिएको हो। यता जिल्लास्तरीय एकता सन्देश सभालाई व्यवस्थित बनाई सम्पन्न गर्न वाइसिएलका जिल्ला इन्चार्ज कैलास माबो संयोजक रहेको स्वयंसेवक परिचालन समिति बनाइएको छ । त्यस्तै रामचन्द्र पोमु ९आरसी० कार्यक्रम व्यवस्थापन समिति संयोजक र किरण लिङ्देनलाई प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० सहितका दलहरुको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले सातवटै प्रदेशमा एकता सन्देश सभा आयोजना गरिसकेको छ । मङ्सिर २५ गते जिल्लास्तरीय एकता सन्देश सभा र मङ्सिर २९ गते पालिकास्तरीय एकता सन्देश सभा गर्ने तयारी गरिएको नेकपाका नेता खेलप्रसाद बुढाक्षेत्री ९पराग०ले जानकारी दिनुभयो ।


