भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा उत्पादन भएका विभिन्न कृषिजन्य सामग्री आगामी मंसिर २२ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा विशेष प्रदर्शनी तथा बिक्रीका लागि उपलब्ध गराइने भएको छ। कार्यक्रम मंसिर २२ गते सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमार्फत गाउँपालिकाका ताजा तथा मौलिक कृषिजन्य सामग्रीहरू सुपथ मूल्यमा खरिद गर्न सकिनेछ। कृषी उत्पादनको प्रवर्द्धन तथा बजार विस्तारमा सहयोग पु-याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका लागि सबै महानुभावलाई उपस्थित रहन टेम्केमैयुङ गाउँपालिकाले अनुरोध गरेको छ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार, "स्थानीय कृषकहरूको मेहनतलाई कदर गर्दै उत्पादनलाई राजधानीसम्म पुर्‍याउने प्रयासमा यो प्रदर्शनी महत्वपूर्ण कदम हुनेछ।"

कार्यक्रममा विभिन्न तरकारी, फलफूल, स्थानीय अन्न, दाल, मसला तथा अन्य खाद्य सामग्री उपलब्ध हुने जनाइएको छ।