इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ स्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हसिना सिमसारमा हसिनापार्क टुरीजम होटल एण्ड हसिना खाजा घर संचालनमा आएको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु–सम्पन्न भएको टुरीजम होटल एण्ड हसिना खाजा घर स्वेदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको होटलका संचालक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो  । बिशेष गरी हसिना सिमसार घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढीरहेको र यस ठाउँमा सुविधा सम्पन्न होटल नभएकाले घुम्न आउनेहरुलाई खाना तथा खाजाको समस्य नहोस् भनेर होटल संचालनमा ल्याईएको हो । आगामी दिनमा टाढाबाट हसिना सिमसार घुम्न आउनेहरुलाई होटलमा बस्नेको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो ।  हसिना सिमसार क्षेत्रमा पछिल्लो समय विकासले गति लिएको छ भने सिमसार क्षेत्रलाई कोशी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिले जनाएको छ ।