इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब ५ हजार किलो गाँजा नष्ट गरेको छ ।  मोरङ प्रहरीले आर्थिक बर्ष २०८०÷८१ देखि हालसम्म पक्राउ गरेको गाँजा नष्ट गरेको हो । नष्ट गरिएको गाँजाको मुल्य करिब दुई करोड रुपैया बराबर हुने बताइएको छ । कानुनी प्रक्रिया र प्राविधिक कारणले लामो समय थुप्रिएका गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले जानकारी दिनुभयो । उहाले पहिले गाँजा जलाउने गरिएको भएपनि त्यसबाट वातावरणीय प्रदुषण हुने भएकाले यसपटक आफ्नै परिसरमा गाडिएको बताउनुभयो । बढी मुल्य र फाइदा हुने भन्दै गाँजा नेपालबाट भारत तर्फ चोरी तस्करी हुने प्रमुख वस्तुमा पर्दछ ।