भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको भोलि फाइनल हुने भएको छ ।

मंसिर १८ गतेदेखि प्रतियोतियोताको तेस्रो दिन आज शनिबार भएको खेलमा हतुवागढी गाँउपालिमा र अरूण गाँउपालिका बिच भोलि फाइनल खेल हुने भएको छ । खेलको सेमिफाइनलमा षडानन्द नगरपालिका र आमचोक गाउँपालिका बिच हुने भएको छ ।

 यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरू सहभागी छन् ।  प्रतियोगिता अन्तरगत मंसिर २१ गते फाइनल खेल हुनेछ । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख , तृतीय पुरस्कार रु १ लाख र सान्त्वना पुरस्कार रु ३३ हजार ३ सय ३१ साथै व्यक्तिगत विधाका नगद पुरस्कारहरू पनि प्रदान गरिने छ । गाउँपालिकामा खेलकुद विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि र खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिताले अन्तरपालिका मैत्री सम्बन्ध, खेलकुदको प्रवद्र्धन तथा स्थानीय प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ ।1765030941856

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले गरेका थिए । आजको कार्यक्रममा भोजपुर भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार राई , अरूण गाँउपालिका उपाध्यक्ष बिनिता ढकाल,पौवादुङमा गाउँपालिका उपाध्यक्ष जोत्सना राई लगाएतको उपस्थिति रहेको थियो ।1765030932598