भारतमा जारी Unity Cup 2025 अन्तर्गत आज सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। नेपाल र भारतबीच भएको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै 67–45 को शानदार जित हात पारेको हो।

खेलभर नै नेपालले उत्कृष्ट तालमेल, अनुशासन र कौशलको प्रभावशाली प्रदर्शन गर्‍यो। खेलाडीहरूको दृढ आत्मविश्वास, गतिशीलता र क्षणमै निर्णय लिन सक्ने क्षमताले नेपाललाई अग्रता दिलाउँदै जिततर्फ उन्मुख गरायो।

नेपाल टिमले खेलका अधिकांश महत्वपूर्ण क्षणहरू आफ्नो पक्षमा पार्दै भारतलाई दबाबमा राख्न सफल भयो। विशेषगरी टोलीको सामूहिक खेल र आक्रमण–रक्षणको सन्तुलित रणनीतिले परिणाम नेपालपक्षमा आएर दियो।

FB_IMG_1765040501093

अन्ततः Nepal 67 – India 45 को नतिजासहित नेपालले गर्व गर्न लायक ऐतिहासिक जित दर्ता गर्‍यो।

यस विजयले नेपाली खेलाडीहरूको क्षमता मात्र होइन, देशको अन्तरराष्ट्रिय प्रतिष्ठा उकासिएको छ। यो प्रदर्शन सम्पूर्ण नेपालीहरूका लागि गर्वको विषय बनेको छ।