भोजपुर | भोजपुरको अरुण गाउँपालिले आयोजना गरेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि अरूण गाउँपालिकाले उचालेको भएको छ ।
मंसिर १८ गतेदेखि प्रतियोतियोता आज आइतबार भएको खेलमा अरूण गाँउपलिका र हतुवाढी गाँउपालिका बिचको खेलमा ३-१ को सेट अरूण गाँउपालिका विजेता भएको छ । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख हतुवागढी गाँउपलिकाले प्राप्त गरेको छ ।
आमचोक गाँउपालिका र षडानन्द नगरपालिका बिच भएको खेलमा २-१ तृतीय पुरस्कार आमचोक गाँउपालिकाले रु १ लाख पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी सान्त्वना पुरस्कार रु ३३ हजार ३ सय ३१ षडानन्द नगरपालिकाका खेलाडीले पाएका छन् । विधाका नगद पुरस्कारहरू पनि प्रदान गरिएको थियोे । विजेता खेलाडीहरूलाई प्रमाण पत्र , मेडल र ट्रफि प्रदान गरिएको हो ।
खेलले खेलाडी खेल क्षेत्रमा अगाडि बढ्न महत्त्वपूर्ण सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाले बताउनुभयो ।
गाउँपालिकामा खेलकुद विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि र खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी बताउनुभयो छ । प्रतियोगिताले अन्तरपालिका मैत्री सम्बन्ध, खेलकुदको प्रवद्र्धन तथा स्थानीय प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ ।
समापन कार्यक्रममा अरूण गाँउपालिका उपाध्यक्ष बिनिता ढकाल , षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदाष ,हतुवागढी गाँउपालिका अध्यक्ष प्रेम कुमार राई विभिन्न राजनीति दलका पदाधिकारी , खेलकुद कर्मिहरू , विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


