इटहरी । इटहरी–२० स्थित पुर्वान्चल सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित पुर्वान्चल स्काउट ट्रुपको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ । पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कुल तथा पूर्वाञ्चल पाठशाला कलेजका प्रिन्सिपल एवं पुर्वान्चल स्काउट ट्रुपका अध्यक्ष श्री सेधन राईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहका विशिष्ट अतिथिहरूमा नेपाल स्काउट कोशी प्रदेशका तालिम आयुक्त सुशील राई, विद्यालय÷कलेज व्यवस्थापन समिति अध्यक्ष भोलाकाजी बस्नेत, विद्यालय÷कलेज सञ्चालक समिति अध्यक्ष दिनेश खड्का, इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहाल, विद्यालयका मेनेजिङ डाइरेक्टर सुमन बस्नेत तथा विद्यालय÷कलेजका एडमिन सहायक सनत कोइराला रहनुभएको थियो। समारोहको सञ्चालन स्काउट रिधिमा पौडेल र कृतिका फुयलले गर्नुभएको थियो। कार्यक्रममा ट्रुप कमिटीलाई प्रमुख अतिथि हेमन्त भण्डारीले दिक्षान्त प्रदान गर्नुभयो । त्यसैगरी ब्वाइज स्काउटलाई स्काउटर विशाल कार्की र गल्र्स स्काउटलाई स्काउटर रबिना बस्नेतले दिक्षान्त गराउनुभएको थियो। कार्यक्रममा इटहरी युथ ओपन क्र्युका रोभर–रेन्जरहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।