इटहरी । नेपाल तरुण दल पाँचथरले नेपाल–भारत सीमामा अवस्थित चिवा भञ्जाङमा नेपालको झण्डा प्रतिस्थापन गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि मध्यपहाडी लोकमार्गको भ्रमणका क्रममा झण्डा राख्नुभएको नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो । समयसँगै पुरानो र थोत्रो भएको झण्डालाई नयाँ झण्डासँग प्रतिस्थापन गरेका हो । राष्ट्रिय पहिचान र सीमाको सम्मानको दृष्टिले यो कदम आवश्यक रहेको थियो । चिवा भञ्जाङ मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु हो । यो लोकमार्ग चिवा भञ्जाङबाट सुरु भएर बैतडीको झुलाघाट सम्म पुग्छ। मध्यपहाडी लोकमार्ग नेपालको महत्वपूर्ण मार्गका रूपमा चिनिन्छ । भ्रमणकर्ताले सधैं यस मार्गको सुरुवाती बिन्दु चिवा भञ्जाङमा राष्ट्रिय झण्डा रहेको देख्ने गर्दछन् ।