इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा आइतबार प्रदेशस्तरीय हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । शनिबार मोरङको सुन्दरहरैंचाको विराटचोकमा पत्रकार सम्मेलनमा बोल्दै नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष खनालले कोशी प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिताले  विद्यार्थीहरूको जीवनमा आत्मविश्वास, विचार व्यक्त गर्ने क्षमता, र नेतृत्व कौशलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि कार्यक्रम महत्वपूर्ण हुने उहाँले बताउनुभयो । यस्तै,हस्तलेखन विद्यार्थीहरुलाई राम्रो अक्षर लेख्ने विद्यार्थीले परीक्षामा पनि राम्रो अंक ल्याउन सक्ने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो अक्षर लेख्न कोशिश गरुन भन्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको नेशनल प्याब्सन कोशी प्रदेशले जनाएको छ । पत्रकार सम्मेलनमै बोल्दै नेशनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकालले यस अघि प्रदेशले कुनै पनि कार्यक्रम नगरेको भन्दै कमल खनालले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउने बित्तकै छोटो समयमै यति ठूलो कार्यक्रम गर्न लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । प्रतियोगिता आइतबार सुन्दरहरैंचा –१२ मा रहेको श्री इन्द्रपुर इंग्लिस स्कुलमा हुनेछ । पत्रकार सम्मेलनमा नेशनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरी,नेशनल प्याब्सन सुनसरीका संयोजक  लगायतको उपस्थिति रहेको थियो ।