इटहरी। इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका लागि इलाम नगरपालिकाले ट्राफिक व्यवस्थापन सुरु गरेको छ। नगरपालिकाले इलामबाट झापा जाने सवारीहरु, विभिन्न पालिकाबाट आउने सवारीहरुलाई अलग–अलग स्थानमा पार्किङ स्थल तयार गरि सवारीहरुलाई व्यवस्थित गर्न थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा विभिन्न छ स्थानमा पार्किङ् स्थलको तयारी गरेको छ । पुरानो बसपार्कस्थित बहुुतले पार्किङ्, पुुरानो ट्याक्सी स्टेन्ड, सानो टुुडिखेल, ठूलो टुँडीखेलको छेउ र पुरानो सब्जी बजारमा सवारी पार्किङको व्यवस्था गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका इलाम संयोजक गृष्म सुब्बाले बताउनुुभयो । सुुब्बाका अनुसार इलाम भित्रने पर्यटकका सवारीलाई भने चोक बजारको पूर्वपट्टिको भागमा पर्किङको व्यवस्था गरिएको छ । सवारीलाई व्यवस्थित गराउन नगरपालिकाले अलग–अलग रङ्ग र पार्किङ स्थल लेखिएका स्टिकरहरु सवारीमा टाँसेको छ । जुन पार्किङ् स्थल लेखिएको सवारी छ उक्त सवारीले सम्बन्धित स्थलमै लगेर पार्किङ् गर्नुपर्ने व्यवस्था गरिएको नगरप्रहरी निमा तामाङले बताउनुभयो ।


