इटहरी । वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक बिद्यालयका व्यवस्थापन समिति पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीलाई विपद् जोखिम न्युनिकरण तालिम दिइएको छ । वराहक्षेत्र नगरपालिकासंगको समन्वयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम बिकास (निड्स ) नेपालको प्राबिधिक सहयोगमा उक्त तालिम आयोजना गरिएको हो । आईतवारबाट सुरु तालिम २ दिनसम्म आयोजना हुनेछ । पुर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत बिद्यालयमा आधारित विपद् जोखिम न्युनिकरण तालिम आयोजना गरिएको यस तालिममा पाठ्यक्रममा विपद व्यवस्थापन , पुर्वानुमान र पुर्वतयारी बिषयलाई प्रथामिकता दिईने बताइएको छ । तालिममा निड्स नेपालका परियोजना संयोजक ईन्जिनियर दिपेन्द्र बहादुर सिंह , डा. देव मानन्धर र पाठ्यक्रम बिकास केन्द निर्देशक दिनानाथ गौतमले सहजिकरण गर्नभएको छ । नगरपालिकाको सभाहलमा आयोजना भएको उद्घाटन समारोहमा नगर प्रमुख रमेश कार्की , उप–प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल , विश्व खाद्य कार्यक्रमका कोशी प्रदेश संयोजक लक्ष्मी नारायण चौधरी , निड्स नेपालका परियोजना संयोजक दिपेन्द्र बहादुर सिंह , पाठ्यक्रम बिकास केन्द निर्देशक दिनानाथ गौतम लगायत नगरपालिकाका कर्मचारीहरु , वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक बिद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु , बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।


