सुनसरी | स्पिन्स डान्स स्कुलद्धारा आयोजित द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को उपाधि वन क्रू ओडिशाले जितेको छ ।
सोमबार राती मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा सुन्दरहरैचा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न ग्रान्ड फिनालेमा उपाधि वन क्रू ओडिशाले जितेको हो। उपाधि जितेसंगै वन क्रू ओडिशाले ८० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ ।
यस्तै दोश्रो स्थान हासिल गर्दै बुटवलका साजन गुरुङले नगद ५० हजार र मुम्बईका किशन आउजीले तेश्रो स्थान हासिल गर्दै नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको स्पिन्स डान्स स्कुलका डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी दिनुभयो ।
स्थानीय समाजमा रहेका कला–संस्कृतिको खोजी गर्न तथा सहभागी प्रतियोगीहरूको क्षमता प्रवद्र्धन गर्ने उद्देश्यका साथ द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप आयोजना गरिएको डाइरेक्टर लिम्बूले बताउनुभयो । प्रतियोगितामा देशभरका उत्कृष्ट डान्स समूहहरूको सहभागिता रहेको थियो भने फाइनल लिस्टमा २६ जना पुगेका पुगेका थिए ती बाट विजेताहरुको चयन भएको हो ।


